राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालत लगिएको छ।
सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार बिहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।
बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।
आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो। पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन्।
आइतबार बिहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरुको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
