नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुले जिल्लाका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुले एक लाखसम्म रकम सङ्कलन गरी विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो।
‘सामाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुले रकम सङ्कलन गरी विपन्न गरिब घरपरिवारका पाँच जना जटिल रोगका बिरामीहरूलाई सङ्कलित रकम सहयोग गरेको नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुका अध्यक्ष सोनाम तोर्चे लामाले जानकारी दिए।

मानसिक समस्या, क्यान्सरलगायत जटिल रोगका बिरामीहरु आर्थिक अभावमा रोग पालेर बस्न बाध्य भएका छन्। त्यस्ता जटिल दीर्घ रोगीलाई मलमपट्टी होस् र केही उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुले मनकारी कर्मचारीहरूबाट रकम सङ्कलन गरी विपन्न गरिब जटिल रोगको सिकार भएकाहरूलाई सहयोग गरेको नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मुगुले जनाएको छ।