मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित मालती पुल नजिकै एसियन हाइवे निर्माणका क्रममा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता अपनाइएको छ। सेनाले राजमार्गमा आवागमन रोकेर अनुसन्धान कार्य जारी राखेको छ।
शंकास्पद वस्तुको पहिचान र निष्कर्षमा पुग्नका लागि सुरक्षाकर्मीहरू सतर्कताका साथ काम गरिरहेका छन्। शंकास्पद वस्तु दण्डकालमा लुकाएर राखेको केहि डिवाइस हुन सक्ने सम्भावना रहेको छ ।
यस क्रममा राजमार्गको आवागमन दिनभर रोक्न सकिने बताइएको छ। यात्रुहरूलाई वैकल्पिक मार्गको व्यवस्था गरी सुरक्षामा सहकार्य गर्न अनुरोध गर्दै अहिले सडक बन्द गरेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सलकपुरले अनुसन्धान गरिरहेको छ।