कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २४ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ।
निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ। निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालय प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ।
निर्देशनको क्रममा उहाँले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाको विकास गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी सङ्गठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ।
उहाँले विशेष गरी धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु नष्ट गर्न तल्लो तह सम्मको प्रहरी युनिटहरु आ-आफ्नो एरियामा परिचालित हुन र ओसार पसारमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनु भएको छ। साथै लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउनुका साथै सचेतनामुलक कार्यक्रम सञ्चालन गरी समाजमा घट्ने विभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिवादी पक्राउ, चोरी तस्करी नियन्त्रणमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो।