भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर १० संसारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलको औषधी सोमबार बरामद गरेको हो।
अवैध रूपमा दुई लाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन्।
उनीहरूले ल्याएको औषधी मोटरसाइकलसहित थप कारबाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनगर बुझाइएको जानकारी दिइएको छ।
प्रहरीले उनीहरूले मोटरसाइकलमा ल्याउँदै गरेका विभिन्न ७ प्रकारका औषधी बरामद गरेको थियो। जसमा एस्थालिन १०० थान, भान्कोगेन १०० थान, मेगाप्रिड १० थान, डिस्टिनन १० थान, लोबेट ५ थान, टरलिस्टा २ थान, मिलिरोन २ थान रहेका छन्।