काठमाडौँबाट झापाको चन्द्रगढीका लागि उडान भरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
सोमबार बिहान १० बजेर ३७ मिनेट जाँदा चन्द्रगढीका लागि उडेको बुद्ध एयरको बीएचए ९५३ उडान नम्बर भएको विमान बिहान ११ बजेर १५ मिनेटमा काठमाडौँमा आकस्मिक अवतरण भएको हो।
काठमाडौँदेखि ४३ नटिकल माईल पूर्व पुग्दा बायाँ ईन्जिनमा फ्लेम आउट भएकोले उक्त विमान सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
उक्त विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए।