नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।
आइतवार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो ।
छापावाल सुनको मूल्य मंगलवार भने घटेर सोमवार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।
यस्तै मंगलवार चाँदीको मूल्य पनि घटेको छ । आइतवार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलवार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।