काठमाडौँ महानगरपालिकाले फुड सेफ्टी वुट क्याम्प कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको छ।
सोमबार दरबार हाई स्कुलमा ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्धन शिविर (फुड सेफ्टीक्याम्प) कार्यक्रम अन्तर्गत चौथो संस्करणको तालिम दिएको हो।
फुड सेफ्टीका ट्रेनर नवीन कर्माचार्यले कार्यक्रममा क्याटरिङ् व्यवसायी, व्याङ्क्वेट हल व्यवसायी र होटल व्यवसायीलाई समेटेको बताए । उनले उत्साहजनक उपस्थितिमा खाद्य स्वच्छताको बारेमा छलफल पनि गरेको उनले बताए।
उनले भने,‘फुड सेफ्टी वुट क्याम्प' कार्यक्रम अन्तर्गत चौथो संस्करणको कार्यक्रम हो। यसमा क्याटरिङ् व्यवसायी, व्याङ्क्वेट हल व्यवसायी र होटल व्यवसायीलाई हामीले समेटेका छौँ। आजको जुन सङ्ख्यात्मक उपस्थिति छ। धेरै नै उत्साहजनक थियो। खाद्य स्वच्छताको बारेमा छलफल पनि गर्यौ।’
खानेकुराहरूको स्वच्छताका लागि प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनुपर्ने अवस्थाका बारेमा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको खाद्य पेशालाई सुरक्षित बनाउनु तालिमको उद्देश्य रहेको महानगरपालिका जनाएको हो।
तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका तीन सय जना सञ्चालकलाई तालिम दिएको थियो। दोस्रो संस्करणमा दसैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिएको थियो।
दसैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाइजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा मिठाइ व्यवसायीलाई तालिम प्रदान गरिएको थियो। हाल भएको तालिम चौथो संस्करणको हो।