पोखरामा शनिवारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ आजदेखि सुरु हुँदै छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेक साइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।

महोत्सवको सबै तयारी पूरा भएको र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए।

संयोजक भट्टराईका अनुसार, उद्घाटन समारोहअघि लेक साइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दा बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित ¥याली निकालिने छ।

‘सडकमै खाऊ, सडकमै रमाऊ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन्।

महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए। 

सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत आयोजना हुनेछ। त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यस पटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ।रेवान पोखराको आयोजनामा शनिवारदेखि पोखरामा सुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

कोमा गाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्था लगायतको उपस्थितिमा सांस्कृतिक झाँकी सहित र्‍याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नो तयारी पुरा गरेका छन्। महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्ण दल गण फूलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितिमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो।

स्वास्थ्य समितिका संयोजक भीष्मराज पौडेलका अनुसार नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि स्वास्थ्य सम्बन्धी व्यवस्थापन गरिसकेका छन्। महोत्सवको चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिइने पौडेलले जनाए।

महोत्सवका प्रचार प्रसार समिति संयोजक वीरेन्द्र शेरचनले पोखरा सडक महोत्सवमा मिडियाहरूबाट विगतका वर्षहरूमा जस्तै उत्कृष्ट सहयोग पाएको बताए। सडक महोत्सवलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेकाले यस पटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको समितिका महासचिव समेत रहेका शेरचनको भनाई छ।

महोत्सवलाई थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरूको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए।त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यस पटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक संवाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए । उनका अनुसार अम्मटमा दुई दिन सम्म सडक संवाद कार्यक्रम चल्नेछ।