झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० वर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो। 

यसैगरी, मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो।