भोजपुरको वोखिममा स्कॉर्पियो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
भोजपुर नगरपालिका-५ डाडाँटोलबाट ट्याम्के जाने क्रममा प्रदेश १९०२९००२ च ६९२३ नम्बरको स्कॉर्पियो सडकबाट करिब दुई सय ५० मिटर तल खसी दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमा इलाम माङ्सेबुङ गाउँपालिका-६ का नवीन कुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, भोजपुर नगरपालिका-५ की जुनुका राई र राम कुमार राई, सुनसरी धरान-२ की ईहायाराना सुब्बा र सुनसरी धरान-८ का चालक सुदिप लिम्बु रहेका छन्।
घाइतेमध्ये झापा गौरादह नगरपालिका ७ का झम्क बहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।