राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले शपथ ग्रहण गरेका हुन्। 
शपथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, निल नेपाल स्पेन डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा. शंकर प्रसाद शर्मा रहेका छन्।