कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
कोसी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना विभागले जनाएको छ।
बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। यसैबीच, काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ।