प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका कमल विनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रुपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँ गाउँ ठेगाना भई काठमाडौँ टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन्।
पक्राउ मध्ये ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौँ बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौँ सामाखुसीबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।