नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रनमा समेटिएको हो।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे। देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए। कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए। दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा छन्।