मोरङ कानेपोखरीको होटलमा पुरुष मृत भेटिएका छन्। कानेपोखरी गाउँपालिका–७ स्थित बजारमा डिल्लीशेर राईले सञ्चालन गरेको वान्तवा होटलमा अन्दाजी ४३ वर्षीय पुरुषको शव फेला परेको हो।

पुरुषको पहिचान खुल्न बाँकी छ। मृतक बिहीबार बेलुका आएर होटलमा सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुतेकै ठाउँमा शुक्रबार बिहान ५ः३० बजेतिर मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन्। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको डीएसपी दाहालले बताए।

मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमै बस्ने र काम गरी खाने गरेको प्रहरीले जनाएको छ। डीएसपी दाहालले मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए।