नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले ६ विकेटको सहज जित निकालेको छ। 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३१ रनको मध्यम लक्ष्य कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो। 

कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो।