भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो। उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ।
सीआईबीबाट जारी विज्ञप्तीमा भनिएको छ,‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ। उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ।’
फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ। झापाको झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ।