आँधीबेहरी र शक्तिशाली हावाका कारण दक्षिणी गाजापट्टीमा विस्थापित प्यालेस्टाइनीहरूको अवस्था नाजुक भएको छ। विस्थापितहरुको दशौं हजार पालहरु उडाएको छ। 

सबैभन्दा ठूलो आँधीबेहरी र शक्तिशाली हावाले उक्त क्षेत्र प्रभावित छ। हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयका अनुसार अलमवासी शिविरमा रहेका करिब १० हजार पालहरू समुद्री उछालबाट बगेको र क्षतिग्रस्त भएका हुन्।

सन् २०२३ को अक्टोबरबाट सुरु भएको इजरायली–प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरणमा १० हजार व्यक्तिहरु विस्थापित छन्। धेरैजसो विस्थापितहरु समुद्री किनारामा जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन्।

स्थानीय बासिन्दाले चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) विस्थापितहरुलाई चिसोबाट बच्न पर्याप्त सामग्री र जाडोबाट बच्नका लागि पर्याप्त सामग्रीहरु छैनन्।

जाडोको आगमनसँगै गाजाको तापक्रम घट्दै गएको छ, वर्षा र हावाको दिन बढ्दै गएको छ। विस्थापित मानिसहरूलाई बस्ने १ लाख ३५ हजार पालमध्ये ८१ प्रतिशत नराम्ररी क्षति पुगेको छ। इजरायलले गाजामा आवश्यक पालहरू र मोबाइल घरहरू वितरणमा रोक लगाएका कारण थप कठिनाइ भएको छ।