बेलबारीमै पहिलोपटक शैक्षिक गुणस्तरका लागि शिक्षक अभिभावक समुदाय र शैक्षिक नेतृत्वको भुमिका विषयक दुई दिने कार्यशाला आयोजना गरिने भएको छ। बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङ्ग्लिस स्कुलको आयोजनामा यहि मंसिर १४ र १५ गते कार्यशाला हुन लागेको बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो।

विद्यालयमा विद्यार्थी, अभिभावक र समुदायका हितका लागि समेत विविध कार्यक्रम गर्दै आएको विद्यालयले यस पटक भने काठमाडौँ विश्वविद्यालयका ६ जना प्राध्यापक र युकेबाट एक प्रोफेसर समेत सहभागी हुनेगरि कार्यशालाको आयोजना गरेको हो। कार्यशालामा छिमेकी पालिकाहरुका शिक्षक, संस्थागत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेत तालिम दिइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल बस्नेतले बताउनुभयो। ‘‘हामीले बर्षैपिच्छे यस्ता कार्यक्रम गर्दैँ आएका छौँ। यो पनि हाम्रो विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत नै हो। हामीले मंसिर १४ यस विद्यालयका शिक्षक र अभिभावकहरुका लागि कार्यशालाको तयारी गरेका छौँ, छिमेकी पालिकाका शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिका लागि भोलिपल्ट मिलाएका छौँ।’’, उहाँले भन्नुभयो,‘‘ हाम्रो उदेश्य भनेको सबै विद्यालयहरु समान ढङ्गले शैक्षिक गुणस्तरमा अघि बढुन्, समाज अघि बढोस् भन्ने हो।’’

1 2विद्यालयका प्रधानाध्यापक राजेश खत्रीले २१औं शताब्दीको शिक्षाले विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र नभई, नवीन सोच, रचनात्मकता, समस्याको समाधान गर्ने क्षमता, र जीवनभर सिकिरहने बानी निर्माण गर्न मद्दत गर्नुपर्ने बताउनु हुँदै यस्तो व्यापक शिक्षालाई सफल बनाउन विद्यालय, घर, र समुदाय सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो। शिक्षा सबैको साझा जिम्मेवारी रहेको तथा विद्यालय, घर, र समुदायको सहकार्यले मात्रै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्दै देशका लागि दक्षजनशक्तिा निर्माण गर्न सकिने उहाँले बताउनुभयो।

बेलबारीमै पहिलोपटक आयोजना गरिएको कार्यशाला सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षक लगायत सिंगो समुदायमा प्रभावकारी हुने विद्यालयको अपेक्षा छ। बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङ्ग्लिस स्कुलले विं.सं २०५० सालमा स्थापना भएदेखि अनवरत रुपमा बेलबारीका लागि उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा योगदान पुर्याउदै आएको छ। विद्यालयमा होटल म्यानेजमेन्ट, कानुन, बिजनेस र कम्प्युटर विज्ञान विषयमा कक्षा १२ सम्म अध्यापन हुने गरेको छ।

5 (1)

7

6

4 1

3 (1)