नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो।
मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भैइरहेको छ।