काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ।
भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो।
आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो।
जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन।
महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो। तर, एमालेले त्यसलाई स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ।