साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

यसअघि थपिएको पाँच दिनको म्यान सकिएपछि पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई अनुसन्धानका लागि गत मंगलबार सीआईबीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो।