काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा आइतबार युवायुवती मृत अवस्थामा फेला परेका छन्। होटेल जन्मभूमिको एकै कोठामा उनीहरूका दुई शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरू उक्त होटेलको चौथो तलास्थित कोठा नम्बर १२० भाडामा लिएर बसेका थिए।
आइतबार बिहान करिब साढे ७ बजे प्रहरीले उक्त सूचना पाएको थियो। झुन्डिएर मृत्यु भएको अवस्थामा उनीहरूका शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।