राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलवार बुटवल लैजाने तयारी रहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लान लागिएको हो । 

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रा लिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।