इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ। इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम-६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ वर्षीय रञ्जन वि.क., ४२ वर्षीय बिकास लिम्बु, ४० वर्षीय मणि कुमार प्रधान, ४१ वर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ वर्षीय सुवास श्रेष्ठ, ३० वर्षीय अनिल श्रेष्ठ, इलाम-८ का ३३ वर्षीय देव कुमार राई, ३५ वर्षीय केशब सुवेदी, इलाम-६ का ४० वर्षीय सुन्दर परियार, इलाम-३ का २८ वर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको छ। 

यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१ आदर्श मार्ग स्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान-१ का ३१ वर्षीय प्रज्वल रेग्मी,३१ वर्षीय सबिन बस्नेत,२९ वर्षीय रवि चौधरी, ३५ वर्षीय प्रदिप सुवेदी, धरान-१६ का २९ वर्षीय आशिष प्रधान, धरान-१५ का ३२ वर्षीय अविशेक लिम्बु र धरान-१२ का ३६ वर्षीय रवि साहलाई नगद ४७ हजार २ सय र १ बुङ तास सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ

सुनसरीको बर्जु गाँउपालिका-४ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले बर्जु-४ का २० बर्षीय शंकर मण्डललाई २ सय ९५ किलो लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको थियो। लागुऔषध गाँजा सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ।