इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति आर्सनलले लिभरपुलको स्वागत गर्दैछ। आर्सनलको मैदान इमिरेट्स स्टेडियम लन्डनमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ।
आर्सनलको प्रिमियर लिगमा शानदार अवे रेकर्ड बर्नमाउथसँग पराजयपछि टुटेको छ। गत हप्ता बर्नमाउथविरुद्धको खेलमा विलियम सालिबा पहिलो हाफमै रातो कार्ड पाएपछि आर्सनलले १० खेलाडीमै खेल जारी राखेको भए पनि, रयान क्रिस्टिको गोल र जस्टिन क्लुइभरको पेनाल्टीले १२ खेलसम्मको अपराजित यात्रा समाप्त भएको थियो।
अर्कोतर्फ, च्याम्पियन लिगमा आर्सनलले शख्तर डोनेत्स्कविरुद्ध एक गोलले जित हासिल गरेको थियो। हाल घरेलु मैदानमा पाँच खेल लगातार जितिरहेको आर्सनलले एमिरेट्स स्टेडियममा राम्रो प्रदर्शन गर्दै आएको छ। तर सालिबा बिना लिभरपुलसँग खेल्दा आर्सनलले केही थप चुनौतीको सामना गर्न सक्छ।
लिभरपुल भने अहिले राम्रो लयमा छ। प्रशिक्षक अरने स्लाटको नेतृत्वमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पछाडि पार्दै शीर्ष स्थानमा रहन पनि आज जित्नै पर्ने छ। एमिरेट्समा आइतबारको खेलमा सफल भए, लिभरपुलले यो सिजनको सुरुवातमा २४ अङ्क बनाउने छ। यो २०१९–२० को विजयी सिजनपछि पहिलो पटक हुनेछ।
दुवै टोलीको सम्भावित प्लेइङ ११
आर्सनलः
राया, टिम्बर, वाइट, गेब्रियल, जिन्चेन्कोस मेरिनो, पार्टे, राइसस साका, हाभर्ट्ज, मार्टिनेली।
लिभरपुलः
केलहेर, अलेक्ज्याण्डर–अर्नोल्ड, कोनाते, भान डाइक, रोबर्टसनस म्याक एलिस्टर, ग्राभेनबर्चस सालाह, स्जोबोस्लाई, डियाज, नुनेज।