झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक १२ गते झापाको  मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ वर्षीय आर्यन धिमाल र २० वर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० वर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी-६ का वर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह-४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी-१६ का २० वर्षीय अमन चौधरी र इटहरी-१७ का २० वर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका-५ का २५ प्रेम कुमार खंग र इनरुवा-३ का २८ वर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।