झापा अर्जुनधारा–६ का एक व्यक्तिको मृत्यु शंकास्पद देखिएको छ।

अर्जुनधारा–६, मुखानी गाउँका फागुलाल चौधरीका ४२ वर्षीय जेठा छोरा, डम्बरलाल चौधरी, शंकास्पद मृत्यु भएको हो।

डम्बरलाल हिजो दिउँसो लगभग ३ बजे अर्जुनधारा–६, पुलचोकस्थित ठुले मुर्मूको घरमा गम्भीर अवस्थामा फेला परेका थिए।

उनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका काका पाण्डवलाल चौधरीले जानकारी दिए।

उनको मृत्यु विष सेवनका कारण भएको आशंका गरिएको छ। उनले आफैँले विष खाएको वा कसैले उनलाई विष खुवाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले घरधनी मुर्मूलाई नियन्त्रणमा लिएको छ।