आठौँ क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मङ्गलवार सम्पन्न भएको छ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गलकोट स्पोर्टस् क्लब, बागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ।
पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो। गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित गर्‍यो।
गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो। उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुपर्‍यो। 
विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए।
महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पार्‍यो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो।
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा गर्‍यो। उपाधिसँगै धादिङले नगद ५० प्राप्त गर्‍यो। फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो।
विधागततर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन्।