नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन्।
उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनले प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताए। 
उनले भने,‘आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने,‘प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ। संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ। यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन्। त्यसकारण विरोध गर्न पाइन्छ। हरिकृष्ण कार्की प्रतिवेदनमा स्वयम् भोलि बन्न लाग्नुभएको प्रकाश राउतले हस्ताक्षर गर्नुभएको छ। प्रतिवेदन मैले बोलेको शब्द भन्दा धेरै कडा छ।’
उनले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि आफू तयार रहेको तर गैर कानुनी र गैर संवैधानिक कामलाई संवैधानिक भन्न कदापि नसक्ने जिकिर गरे। 
उनले भने,‘कानुनको शासन र न्यायपालिकाको रक्षाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणाम जे आएपनि भोग्न तयार छु। कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु। तर गैरकानुनी गैर संवैधानिक कामलाई संवैधानिक भन्न सक्दिन।’