सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ। 

कांग्रेस संसदीय दलले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ। 

पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। 

दुवै बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।