ओमान सम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा मङ्गलवार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ। 

क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ। 

ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ। 

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अङ्कमा अङ्क तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ।