साताको दोस्रो कारोवार दिन आज (सोमवार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमवार भने १ सय रूपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन प्रतितोला  १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ । आइतवार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतवार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।