राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। 
बिहीबार बिहान विशेष समारोहमा राष्ट्रपति पौडेलको सम्मानमा सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
नेपाल सरकारद्वारा आयोजित कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता थियो।