अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ। यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषे ढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।
आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ। यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो। विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १।१७ मिलियन डलर प्राप्त गर्ने छन्।
प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ। 
विजेताका लागि पुरस्कार: २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर) उपविजेताका लागि पुरस्कार: १.१७ मिलियन डलर (२०२३ मा ५००,००० डलर) सेमिफाइनलमा परेका टोलीहरूः प्रत्येकलाई ६७५,००० डलर (२०२३ मा २१०,००० डलर) सम्पूर्ण पुरस्कारको रकम: ७,९५८,०८० डलर (२०२३ मा २.४५ मिलियन डलर) २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ। 
उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन्। विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ। उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डसँग  प्रतिस्पर्धा गर्ने छ।