नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सडक आइतबार भासिएको थियो।

सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ। 

सडक एक फिटजति दबेका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। 

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्ने तयारी छ।