नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो।

निगमद्धारा जारी विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल र मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको हो।