झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौँ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 
माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। 
कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए। 
विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पहेँली, जगत् राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बु,शेखर लामिछाने विजय लामा, पवन राजवंशी, महेश कार्की, मुन्नी देव , मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्डे प्रसाद खनाल, अनिता गिरि, राखेक दर्नाल, अभिशेष कालिकोटे,टिका अधिकारी, पूजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गङ्गाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुशीला भुजेल,भविबन्द्र लिम्बु, सञ्जीव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शङ्कर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणि खनाल, विनोद ढकाल,सिता श्रेष्ठ लगायत छन्। 
उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे। 
प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगर स्तरीय नेता रहेका छन्। त्यसैगरी, जसपाको विद्यार्थी सङ्गठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा समायोजन भएका छन्।