चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ। डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको हो।

विगत ६ वर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। उनी अस्पतालका १० औं तहका चिकित्सक हुन्।

चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका के.सीले नेम्सबाट एमडी गरेका हुन्। उनको घर पश्चिम खलंगा भए पनि उनी पछिल्लो समयमा काठमाण्डौं सिफ्ट भएका थिए । भरतपुरमा भाडामा नै बसेर बिरामीको सेवा गर्दै आएका थिए।