मोरङको सुन्दरहरैँचामा शनिबार राति जंगली हात्तीको बथान छिरेर स्थानीयको घर भत्काइदिएको छ।

सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा ६र७ वटाको संख्यामा देखा परेका हात्तीले राति ११ः३० बजेतिर घर भत्काइदिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर हात्तीले भत्काइदिएको हो। राईको घरको पूर्वतर्फको भाग भत्काएर हात्तीले क्षति पुर्याएको प्रहरीको भनाइ छ।

हात्तीले घर भत्काउँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ। प्रहरी, वन कर्मचारी र स्थानीयको सहयोगमा हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको थियो।

मानवीय क्षति नगरेको र जंगली हात्ती बस्तीनजिक देखा परेका कारण जानकारी दिँदै प्रहरीले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

क्षति हुन नदिन हात्तीलाई जिस्क्याउने, लखेट्ने र असर पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको हो।