सुनिता दनुवार मानव बेचविखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुन् । कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उनी महाराष्ट्रबाट उद्धार भएपछि मानव बेचविखनविरुद्धको अभियानमा शसक्त रुपमा लागिपरेकी छिन् । अभियानमा निरन्तरको क्रियाशीलताले उनलाई विश्वका चर्चित अवार्डहरु पनि दिलाएको छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

Web Post 7

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीको ३६ औं नम्बरमा समेटिएकी उनी हाल सुनिता फाउन्डेशनमार्फत समाजसेवामा सक्रिय छिन् । शक्ति समूह नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहेकी दनुहार हाल सुनिता फाउन्डेशनको अध्यक्षको भूमिकामा छिन् ।