साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपालले पहिलो हाफमा गोल खाएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा गोल खाएको हो।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका हुन्।

सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीचको दोस्रो हाफको खेल बाँकी छ।

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ। यस्तोमा बंगलादेशले पहिलो हाफमा चाहेअनुसारको गोल गर्न सफल भएको छ।