नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ । अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ । 

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको  छ ।  त्यस्तै,  युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।