एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय इन्चार्ज राजिव पहारीले राज्यले नीतिगत तहमा सहजीकरण गरेर युवालाई स्वदेशमै राख्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा उनले पुरानो नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने वातावरण नभएको भन्दै यसलाई सहजीकरण गर्नुपर्ने बताए।
उनले भने, ‘नीतिमा कतिपय कुराहरु परिवर्तन गर्नुपर्ने छ। पुरानो खालको नीति योजनाहरुको कारणले गर्दा देशमै बसेर काम गरौँ भन्ने खालको अवस्था छैन्। यसकारण राज्यले नीतिगत तहमा पनि यसलाई सहजीकरण गर्नुपर्छ । युवालाई स्वदेशमै राख्ने खालको अवस्था पनि सिर्जना गर्नुपर्छ।’
यसका साथै उनले मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार र बेरोजगारी भएको भन्दै यसको अन्त्य तर्फ लाग्नुपर्ने बताए।
उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार, बेरोजगारी हो। त्यसलाई अन्त्य गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने मुख्य उद्देश्य हो।’