नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आजको लागि युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। 

आजको लागि बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। 

त्यसैगरी, कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्री दर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६१ र बिक्री दर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।