इटहरीमा डेढ वर्षीया नाबालिकाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले शनिबार दिउँसो नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको विभत्स किसिमले हत्या गरेको हो। 

हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीया सालिग्रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न लुइँटेल केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भू बस्नेतले जानकारी दिए। लुइँटेलको तीन वर्षअघि घरको छतबाट हाम फालेर ढाड पनि भाँचिएको अनुसन्धानबाट खुलेको छ। 

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।