नेपाली कांग्रेस बाग्मती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठुलो भूमिका खेल्ने जानकारी दिएका छन्।
उनले भने,‘म बाग्मती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो।’
उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए।