बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ।
आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ। त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन्।
उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन्।
आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। तर, कर्फ्यकाबीच पनि ठाउँ(ठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको छ।
आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ। बंगलादेशमा नेपाली विद्यार्थी पनि रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन्।