भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ। 

भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो। 

भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९।८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फछ्र्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिए।

उनका अनुसार जरिवानातर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उनले जानकारी दिए।

यस्तै उनका अनुसार अव जरिवानातर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिए।

उनका अनुसार फैसला कार्यान्वयनको निवेदनतर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४ सय ९२ फछ्र्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्तातर्फ ७ सय ३८ मा २ सय ५१ फछ्र्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिए। तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८०।८१ मा कुल ५६।१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिएका हुन्। 

यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र  फछ्र्यौट भएको थियो। आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्तितर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिए। 

अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उनको भनाई छ।